शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)

बुधबार, १२ वैशाख २०८१, २० : ५७
बुधबार, १२ वैशाख २०८१

पोखरा । नेपाल र चीनको सिमाना कोरला नाका क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीले संयुक्त गस्ती गरेका छन् । बुधबार संयुक्त गस्ती गरिएको हो ।

सीमा नाकामा हुन सक्ने चोरी निकासी नियन्त्रण र आपराधिक गतिविधि रोक्न गस्ती गरिएको छ । मुस्ताङमा रहेको २४ नम्बर स्तम्भदेखि २३ नम्बर स्तम्भसम्म पैदल गस्ती गरिएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । ‘धेरै पहिलेदेखि पहल भइरहेको थियो आज सफल भयौँ,’ उनले भने, ‘गस्तीपछि दुवै देशका सुरक्षा निकायमा विश्वासको वातावरण समेत विकास भएको छ ।’

image0

गस्तीका क्रममा कुनैपनि अवाञ्छित गतिविधि नदेखिएको उनको भनाइ छ । कोरला नाका विस्तारै व्यापारिक नाकाको रूपमा विकास भइरहेको छ । चीनतर्फ नाका खोल्न संरचना तयार भएका छन् । नेपालतर्फ भने आवश्यक पूर्वाधार बनाइएको छैन । चीनले नाकामै भन्सार र क्वारन्टिन बनाएको छ । नेपाल सरकारले नाका भन्दा २२ किलोमिटर वर नेचुङमा अस्थायी संरचना बनाएर भन्सार राखेको छ । 

image1

पाण्डेका अनुसार नेपाल चीनको संयुक्त गस्ती यो पहिलो हो । ‘यसअघि पैदल गस्ती भएको थिएन । पहिलो पटक सुरुआत भएको छ,’ उनले भने, ‘साथसाथै आगामी दिनमा गस्ती जानका लागि पनि नजिर स्थापित भएको छ ।’ चीनले कोरला नाकालाई बढी संवेदनशील मानेको छ । खासगरी तिब्बती शरणार्थीबाट चीन त्रसित छ । 

गस्तीमा नेपाली पक्षबाट इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायव निरीक्षक सुशील लामिछानेको नेतृत्वमा ८ जना प्रहरी टोली र चिनियाँ पक्षबाट कोरलानाका स्थित लिजी प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर टिसेन्डर दोर्जेको नेतृत्वमा ८ जना चिनियाँ प्रहरी सहभागी थिए । 

image2image3image4image5image6image7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप