शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई

बिहीबार, १३ वैशाख २०८१, ११ : ४५
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । भारतीय ट्रेड युनियन आन्दोलनको गौरवमय इतिहास बोकेको अल इन्डिया रेल्वेमेन फेडेरेशन (एआईआरएफ) काे शताब्दी महाधिवेशन सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महाधिवेशन बुधबार भारतको नयाँदिल्लीमा सुरु भएको हो ।

महाधिवेशनको उद्घाटन सत्र सुरु हुनुअघि नयाँदिल्लीमा १८ वटा रेल र दश हजार भन्दा बढी प्रतिनिधिको र्याली गरिएको थियो । उक्त फेडेरेशनको मुख्यालयबाट शुरु भएर करनैल सिंह रेल्वे स्टेडियमसम्म पुगेको थियो ।

उक्त सत्रमा इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटीएफ) महासचिव स्टिफनले महासंघले सयौं वार्षिकोत्सव मनाउनु सानो विषय नभएको बताए । उनले यातायात क्षेत्रको श्रमिक आन्दोलनमा एआईआरएफको विश्व स्तरमा नै छुट्टै पहिचान भएको उल्लेख गरे । एआईआरएफ इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन सदस्य संगठन हो ।

कार्यक्रममा नेपाल टे्रड युनियन कांग्रेसका (एनटीयूसी) का महासचिव अजयकुमार राईले एआईआरएफसँग एनटीयूसीको ऐतिहासिक सम्बन्ध रहेको बताए । महासचिव राईले पेन्सन स्किम लागु गराउने फेडेरेसनको मुद्दामा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

सम्मेलनको उद्घाटन सत्रमा अल इन्डिया फेडेरेसनका महासचिव शिव गोपाल मिश्रा, भारतीय रेल्वेको कार्यकारी अधिकृत जया वर्मा सिंहा, आईटीएफ अध्यक्ष पैडडी क्रमलीन, फे्रन्च रेल्वे युनियनका नेता डेविड गोवे, हिन्द मजदुर सभाका महासचिव हरभजन सिंह, इन्टकका वरिष्ठ उपाध्यक्ष अशोक सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

१९२५ फेब्रुअरी १६ मा स्थापित उक्त फेडेरेशनबाट मजदुर राजनीति सुरु गरेका भीभी गिरी भारतका राष्ट्रपति बन्न सफल भएका थिए ।

सो युनियनले सन् १९७४ भारतका पूर्वमन्त्री तथा तत्कालिन फेडेरेशनका महासचिव जर्ज फरनान्डिसको नेतृत्वमा भारतभर रेल्वे हड्ताल गरेको गौरवमय इतिहास समेत छ । अहिले भारतीय रेल्वेमा १४ लाख जना रेलवेकर्मीहरु प्रत्यक्ष रुपमा काम गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप