हुरीबतासका कारण ४० परिवारका घरमा क्षति
शनिबार, १५ वैशाख २०८१, २० : ०४
बाजुरा । शनिबार यहाँ आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढे एक बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए ।
घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने
-
विमल निभाका तीन कविता
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर