शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वपति अरबाज खानको घरमा किन गइन् मलाइका अरोरा ?

आइतबार, १६ वैशाख २०८१, ११ : ३०
आइतबार, १६ वैशाख २०८१

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्ना पति तथा अभिनेता अरबाज खानसँग सन् २०१७ मा छुट्टिएकी थिइन् । दुवैले विवाह गरेको वर्षौँपछि अचानक सम्बन्ध विच्छेदको घोषणा गरेर फ्यानहरूलाई चकित पारेका थिए ।

 सम्बन्ध विच्छेदपछि पनि मलाइका र अरबाजबीच निकै राम्रो सम्बन्ध छ । खासगरी २१ वर्षीय छोरा अरहान खानको मामिलामा । सामाजिक सञ्जालमा अहिले मलाइकाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा उनी पूर्वपति अरबाज खानको घर बाहिर देखिएकी छिन् । शनिबार राति मलाइका अरबाज खानको घर बाहिर देखिएकी थिइन् ।

मलाइकाको यो भिडियो इन्स्ट्यान्ट बलिउड इन्स्टाग्राम अकाउन्टबाट शेयर गरिएको हो । यतिबेला मलाइकासँग उनका २१ वर्षीय छोरा अरहान खान पनि देखिएका थिए । पूर्व पतिको घर पुग्दा मलाइका निकै स्टाइलिस देखिएकी थिइन् । उनले सेतो शर्ट र सर्ट्स लगाएकी थिइन् । हरियो हिल जुत्ता,  हरियो झोला र सनग्लास लगाएकी थिइन् । अरहानले पनि आफ्नी आमासँग ट्विनिङ गरेका थिए । उनले सेतो भेष्ट, सेतो पाइन्ट र सेतै जुत्ता लगाएका थिए ।

क्लासी ह्यान्डब्याग र चस्मामा मलाइका अरोरा निकै स्टाइलिश देखिएकी थिइन् । पापाराजीले फोटो भिडियो खिच्न खोज्दा बेवास्ता गर्दै हिँडेको देखिइन् । पापाराजीको लागि पोज दिन मानिन् । भिडियोमा कमेन्ट गर्दै गर्दा एक फ्यानले ‘सबै ठीक छ ?’ भनेर सोधेका छन् । 

हालै मात्रै मलाइका अरोरा आफ्नो छोरा अरहान खानको पोडकास्ट ‘डम्ब बिरियानी’को कारण चर्चामा छिन् । मलाइकाले शोमा छोरा अरहानलाई सोधेको प्रश्नका कारण उनी निकै ट्रोल भइन् । यसअघि अरबाज खान र सोहेल खान पनि अरहानको शो पुगेका थिए । शोमा अरबाजले मलाइकासँगको सम्बन्धविच्छेद र शुरासँगको दोस्रो विवाहबारेमा ठट्टा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप