शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा घुम्रपात : ५ जनाको मृत्यु, ३३ जना घाइते

आइतबार, १६ वैशाख २०८१, १२ : १५
आइतबार, १६ वैशाख २०८१

ग्वाङझाओ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाओमा शनिबार आएको घुम्रपात (टोनार्डो) का कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

बाइयून जिल्लाको झोङलुटानमा स्थानीय समयअनुसार ३ बजेतिर घुम्रपात आएको थियो । घुम्रपातमा हावाको गति २०.६ मिटर प्रति सेकेन्ड मापन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

प्रान्तीय मौसम पूर्वानुमान महाशाखाले घुम्रपातको घातकतामा तेस्रो तहमा राखेको छ । सबैभन्दा उच्च पाँच तहको हुन्छ ।

उद्धारकर्ताहरूले राति १० बजेसम्ममा उद्धारको काम सकेको जानकारी दिएका छन् । सबै घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । अधिकारीहरूका अनुसार १४१ वटा फ्याक्ट्रीको भवनमा क्षति पुगेको छ । आवासीय भवनमा भने क्षति नपुगेको बताइएको छ ।

गत हप्ता मात्र भीषण बाढीका कारण ग्वाङडोङमा चार जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप