आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडमा बाँच्नै मुस्किल : परिणीति चोपडा

आइतबार, १६ वैशाख २०८१, १४ : ३७
आइतबार, १६ वैशाख २०८१

नयाँ दिल्ली । यति बेला बलिउड अभिनेत्री चमकिलाको सफलताको आनन्द लिइरहेकी छिन् । दलजीत दोसांझसँग परिणीतिको जोडीलाई दर्शकहरूले निकै रुचाइरहेका छन् । 

हालै परिणीतिले एउटा पोडकाष्टमा निजी मामिलामा कुरा गरेकी थिइन् । दिदी प्रियंका चोपडा पहिला नै बलिउडमा आइसकेकी थिइन् । तर उनकै कारण आफूले बलिउडमा काम पाएको भन्ने चाँहि सत्य नभएको अभिनेत्रीको भनाई छ । दिदीले हिन्दी सिनेमामा आफ्नो ठाउँ आफैँले बनाएकी थिइन् । प्रियकाको आफन्त भएकोले परिणीतिलाई कन्ट्याक्ट भेटाउन गाह्रो भने भएन ।

बाँच्नै मुस्किल

२००८ मा आर्थिक मन्दीको समय थियो । परिणीति लन्डनमा आफ्नो पढाइ सकेर भारत आइन् । ओभर क्वालिफाइड भएकै कारण उनले यश राज फिल्म्समा मार्केटिङको जागिर पाइन् । पछि उनी अभिनेत्री बनिन् । प्रियंकाकै कारण आफूले काम पाएको भइ आफ्नो कुनै फिल्म फ्लन नहुनु पर्ने उनको तर्क छ । गएको १० वर्षमा आफूले कयौँ उतारचढाव भोगेको परिणीति बताउँछिन् । इन्डष्ट्रीमा पहिला नै स्थापित कसैसँग जोडिएकै व्यक्तिहरू झनै ‘प्रेशर’मा हुने उनको भनाइ छ । पहिलो मौका, पहिलो मिटिङ, पहिलो अडिशन सबै सहज भएपनि अगाडि आफू एक्लै बढ्नु पर्ने अनि आफैँले आफैंलाई प्रमाणीत गरेर देखाउनु चाँहि निकै अप्ठ्यारो हुने अभिनेत्री बताउँछिन् ।  

मान्छे एकलाई अर्कोसँग तुलना गर्न कहिले पनि छाड्नेदैनन । यस्तोमा बाँच्न मुस्किल हुने परिणीति बताउँछिन् । वास्तविकतामा नातावाद कृपावाद होस् नहोस् तर पक्षपात भने हुने उनको भनाइ छ । आफू कुनै इभेन्टमा नजाने भएकै कारण आफ्नो हातबाट कयौँ काम र फिल्म चिप्लिएको पनि उनले बताइन् । चमकिला चर्चित पञ्जाबी गायक अमर सिंह चमकिलाको जीवनमा आधारित फिल्म हो । इम्तियाज अलीको निर्देशनमा बनेको यस फिल्ममा परिणीतिले चमकिलाको दोस्रो पत्नी अमरजोत सिंहको भूमिका निर्वाह गरेकी छिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप