आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ : ४१ सय मत गन्दा दुई उम्मेदवार अझै ‘निल’

आइतबार, १६ वैशाख २०८१, १८ : ४६
आइतबार, १६ वैशाख २०८१

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ४ हजार १०६ मतगणना भइसकेको छ ।

शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहँदा अझै दुई जना उम्मेदवारले खाता पनि खोल्न सकेका छैनन् । दुई जना स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र मनोज निरौलाले एक पनि मत पाउन सकेनन् ।

इलाम–२ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले झिनो अग्रता कायम राखेका छन् । उनले १ हजार ६५८ मत पाएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुहाङ नेम्वाङको १ हजार ६३० मत छ । स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४३० मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप