आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सबै देशमा घट्यो एप्पलको बिक्री

शुक्रबार, २१ वैशाख २०८१, १९ : ०१
शुक्रबार, २१ वैशाख २०८१

वाशिङ्टन डीसी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको बिक्री लगभग सबै देशमा घटेको छ । कम्पनीले सार्वजनिक  गरेको पछिल्लो आकडाले यस्तो देखाएको हो । 

कम्पनीले बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा स्मार्टफोनको बिक्री १० प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा यूरोपबाहेक हरेक क्षेत्रमा कम्पनीको बिक्री घटेको बताइएको छ । कम्पनीको आम्दानी एक वर्ष अघिको तुलनामा ४ प्रतिशतले घटेर ९० अर्ब ८० करोड डलरमा समेटिएको छ । आम्दानीमा आएको यो कमी एक वर्षयताकै सबैभन्दा धेरै भएको बताइएको छ । कमी अपेक्षाकृत भन्दा कम भएकोले यसको असर न्यूयोर्कमा नियमित समयपछिको कारोबारमा एप्पलको शेयरमा परेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप