प्रधानमन्त्री प्रचण्ड र फिल्मकर्मीबिच भेटघाट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सशस्त्र युद्धको गहिरो अध्ययन गरेर फिल्म बन्नुपर्ने बताएका छन् । फिल्म ‘जेलब्रेक’ को युनिटसँग भेट्दै उनले सो कुरा बताएका हुन् ।
फिल्म युनिटले ‘प्रचण्ड’ लाई बालुवाटार पुगेर भेटेका थिए । भेटमा फिल्म युनिटको तर्फबाट निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, नेकपा (विप्लव समूह) की नेतृ उमा भुजेल र फिल्म लेखक विकास सुवेदी सहभागी थिए ।
दशक लामो सशस्त्र द्वन्द्वको घटनामाथि फिल्म बनाउन अनुसन्धान लेखनको काम चलिरहेकाले रिसर्चका लागि प्रचण्डलाई भेटेको लेखक सुवेदीले बताए । ‘उहाँ जनयुद्धको कमान्डर भएकाले उहाँसँग जोडिएको कुरा बुझ्न पुगेका थियौ’, सुवेदीले थपे– ‘सो अवसरमा फिल्मका बिभिन्न विषयमा पनि कुराकानी भयो ।’
तत्कालीन माओवादी लडाकु समेत रहेकी उमा भुजेलले गोर्खा जेल ब्रेकको घटनाबारे लेखेको पुस्तकमाथि फिल्म बन्न लागेको हो । फिल्मलाई देउजाले निर्देशन गर्दैछन् । फिल्मको लेखन सकिएपछि कलाकार छनौट हुनेछ । फिल्ममा नयाँ तथा पुराना कलाकार रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
-
डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध
-
ओली र प्रचण्डको भेटवार्तापछि वर्षमानले भने, ‘टीआरसी प्रक्रिया सकारात्मक बढेको पायौँ’