शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण मामिलामा फसे एल्भिस यादव

आइतबार, २३ वैशाख २०८१, १४ : १०
आइतबार, २३ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय युट्यूबर एल्भिस यादव पुनः सञ्चारमाध्यमहरूमा हेडलाइन बनेका छन् । कोबरा काण्डपछि फेरि उनी अर्को काण्डमा मुछिएका हुन् । सम्पत्ति शुद्धीकरण मामिलामा उनको नाम मुछिएको  छ ।

प्रवर्तन निर्देशनालय (ईडी) को लखनउ जोनल अफिसले छिट्टै उनीसँग सोधपुछको तयारी गरिरहेको छ । २ नोभेम्बरमा नोयडामा दर्ता भएको मामिलालाई आधार बनाएर सम्पत्ति शुद्धीकरणको मुद्दा हालिएको हो । ईडीले यादवसँग भएका महँगा कारहरूमाथि छानबिन गर्न सक्ने बताइएको छ ।

मार्च १७ मा नोयडा प्रहरीले यादवलाई कोबरा काण्डमा पक्राउ गरेको थियो । त्यसपछि उनलाई १४ दिन न्यायिक हिरासतमा पठाइएको थियो । अहिले उनी जमानतमा रिहा भएका छन् । तर ईडीले उनीमाथि फेरि अङ्कुश लगाउने तयारी गरिरहेको छ । 

यादवले यस मामिलामा अहिलेसम्म कुनै अभिव्यक्ति जारी गरेका छैनन् । जेलबाट निस्किएपछि उनी आफूलाई निर्दोष बताइरहेका छन् । आफ्नो सफलता देखेर केही मानिसलाई ईष्या लागेकोले आफूलाई त्यत्तिकै फसाइएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप