जापानले बनायो ६जी चल्ने डिभाइस, ५जीको भन्दा २० गुणा बढी स्पिड
टोकियो । जापानले ६जी चल्ने डिभाइस बनाएको छ । यो ६जी चल्ने विश्वको पहिलो उपकरण भएको बताइएको छ ।
यो एउटा प्रोटोटाइप डिभाइस मात्रै हो । तर यसको स्पिड ३०० फिटभन्दा फराकिलो दायरामा पनि सय जीबीपीएस भन्दा धेरै छ । अहिलेको ५जी प्रविधिको तुलनामा यसको गति २० गुणा बढी रहेको बताइएको छ ।
यो डिभाइस जापानी दूरसञ्चार कम्पनीहरू डोकोमो, एनटीटी कर्पाेरेशन, एनईसी कर्पोरेशन र फुजित्सुलगायतले मिलेर बनाएका हुन् । समाचारका अनुसार यो ६जी प्रोटोटाइप डिभाइस १०० गीगाहर्ज ब्याडमा घरभित्र १०० जीबीपीएसको गतिले चल्छ । घर बाहिर भने यही गतिमा चल्न ३०० गिगाहर्ज ब्यान्ड चाहिने बताइएको छ ।
गएको वर्ष चीनले विश्वको सबैभन्दा छिटो गतिको इन्टरनेट ल्याएको थियो । यसको गति विद्यमान ५जी इन्टरनेटको तुलनामा १० गुणा बढी थियो । यस गतिमा एक सेकेण्डमा १५० एचडी फिल्मको प्रत्यक्ष प्रसारण वा डाउनलोड गर्न सकिने दाबी गरिएको थियो ।
सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पाेरेशनको सहयोगमा चीनले विश्वको सबैभन्दा छिटो इन्टरनेट परियोजना सम्पन्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
-
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
-
कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै