आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पिक्सेल ८ सिरिजको सबैभन्दा सस्तो फोन ल्याउँदै छ गुगल

सोमबार, २४ वैशाख २०८१, १६ : ४८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । गुगलले छिट्टै नै आफ्नो नयाँ स्मार्टफोन लन्च गर्दैछ । कम्पनीले गुगल पिक्सेल ८ सिरिजको सबैभन्दा सस्तो फोन आगामी केही दिनभित्र लन्च गर्ने बताइएको छ । 

लन्च अघि गुगल पिक्सेल ८एमा भएका खास फिचरहरू लिक भइरहेका छन् । यो फोन पिक्सेल ७ए को सक्सेसर हुने बताइएको छ । यसमा टेन्सर जीथ्री प्रोसेसर हुनेछ । यसमा १२० हजएको रिफ्रेश रेट भएको स्क्रिन जडान गरिएको छ । १२० हर्जको रिफ्रेश रेट हुने यो पिक्सेल ए सिरिजको पहिलो फोन हुने बताइएको छ ।

के छ पिक्सेल ८एमा विशेष ?

फोनको स्क्रीनशटमा देखिएअनुसार यसमा पिक्सेल ७ए मा जस्तै गोरिल्ला ग्लास ३ प्रोटेक्शन हुनेछ । ए सिरिजमा यो अहिलेसम्मकै सबैभन्दा बलियो फोन हुने दाबी कम्पनीले गरेको छ । फोनको डिजाइन भने पिक्सेल ८ सिरिजको जस्तो हुनेछ । कम्पनीले यो फोनलाई निलो र हरियो कलर अप्सनमा लन्च गर्न सक्नेछ । फोनमा वायरलेस चार्जिङ, ३० वाटको वायर्ड चार्जिङ र यूएबी टाइप सीको फिचर हुन सक्नेछ । यसमा ह्यान्डसेट बेष्ट टेक, अडियो म्याजिक इरेजर, नाइट साइट र म्याजिक इरेजर जस्ता क्यामरा मोड्स पनि हुनेछ ।

कम्पनीले आधिकारिक रूपमा यो फोन लन्चको मिति तोकेको छैन । यद्यपि, फोन मे १४ मा लन्च हुने सक्ने अफवाह सुन्नमा आएको छ । १४ मा मा गुगलेको आई/ओ इभेन्ट छ । यो इभेन्टमा कम्पनीले गुगल पिक्सेल ८एको साथमा एन्ड्रोइड १५ पनि लन्च गर्ने अपेक्षा गरिएको छ । फोनको मूल्यबारे भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप