रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलहरूको बैठकमा कांग्रेसले आफ्नो पुरानो माग दोहोर्याएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘हामीले संसदीय छानबिन समिति गठनको माग दोहोर्याएका छौँ । सहकारीको ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ ।’
गृहमन्त्रीलाई शंकाको सुविधा दिएको भन्दै राजीनामा नमागेर संसदीय छानबिन समिति गठनको माग गरेको उनको भनाइ छ ।
‘उहाँलाई अहिले नै मुद्दा चलाइहाल्नुपर्छ पनि भनेका छैनौं । तर, उहाँको विषयमा प्रश्न उठिसकेपछि कमसेकम संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने कुरा हामीले राखिरहेका छौँ ,’ उनले भने, ‘सरकार संसदीय छानबिन समिति बनाउनुपर्छ । सरकारले बनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ ।'
रुपन्देहीको जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले प्रस्तुत गरेको अभियोग पत्रको ठाउँ–ठाउँमा रवि लामिछानेको नाममा कुनै पनि प्रक्रिया नपुर्याएर ऋण गएको लेखकले बताए । ‘विना प्रक्रिया ऋण लगानी गरेको लेखिएको छ । रवि लामिछाने स्वयम् गोरखा मिडिया नेटर्वकको सञ्चालक तथा प्रबन्ध निर्देशक भएको अवस्थालाई पनि अभियोग पत्रमा देखाइएको छ,’ उनले भने ।
सरकारी सहकारी पीडितको विषयलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘सहकारी पीडितको समस्यालाई सम्बोधन नगर्ने गरेर राज्यका विभिन्न संयन्त्रहरुलाई दुरुपयोग गर्ने हामीलाई आशङ्का छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ