बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ

शुक्रबार, ०४ जेठ २०८१, १३ : २७
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप