फलफूल आयात : ९ महिनामा बाहिरियो ११ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको हो ।
यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।
अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ । यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।
यस्तै अम्बाको आयातमा ४० करोड बाहिरिँदा ४९ करोडको कागती आयात भएको छ । कागतीजस्तै अमिलो प्रकारका फलफूलको आयातमा ९ करोड बाहिरिँदा ड्राइ अङ्गुर आयातमा १७ करोड बाहिरिएको छ ।
यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथा नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर