बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु

आइतबार, ०६ जेठ २०८१, १४ : ३०
आइतबार, ०६ जेठ २०८१

बेइजिङ । चीनमा एक जना पुरुषले व्यायाम गर्दागर्दै ज्यान गुमाएका छन् । चिन स्ट्रयापमा च्यापुलाई अड्काएर व्यायाम गर्ने क्रममा ५७ वर्षका ती पुरुषको मृत्यु भएको हो । 

विगत एक दशकयता चीनमा अनौठा खालका व्यायामहरू अभ्यासमा आइरहेका छन् । त्यसै मध्ये एउटा हो चीन स्ट्रयाप व्यायाम । यसमा छालाको चिन स्ट्रयापको भरमा सारा शरीरलाई झुन्ड्याइन्छ ।

ढाडको दुखाई कम गर्न यो व्यायाम सुरु गरिएको थियो । यो व्यायामको आविष्कार सन् २०१७ मा शेन्याङका सन रोङचुन नाम गरेका एक पुरुषले गरेका थिए । छिटै चीन भरका पार्क र जिम घरहरूमा यो व्यायाम छ्यापछ्याप्ती बन्यो । च्यापुकै भरमा सारा शरीरलाई हावामा झुन्ड्याएर व्यायाम गर्नु सुरक्षित त पक्कै होइन ।

तर यसको अभ्यास गर्नेहरूले भने यो व्यायाम गर्धन र ढाडको दुखाई चमत्कारपूर्ण रूपमा काम हुने दाबी गर्छन् । डाक्टरहरूले वर्षौदेखि यो व्यायामको खतराबारे चेतावनी दिइरहेका थिए । गलत तरिकाले यो व्यायाम गर्दा ज्यानै जान पछिल्लो घटनाले पनि देखाएको छ । ५७ वर्षीय ती पुरुषलाई चीन स्ट्रयापमा चिउँडो अड्काउनुको सट्टा घाँटी अड्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप