जेठ १३ को प्रदर्शनका लागि कांग्रेसले तोक्यो १५ कमान्डर
बिहीबार, १० जेठ २०८१, १७ : ०६
काठमाडौँ । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदर्शनका क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको हो ।
जसअनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको छ । काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ ।
ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू देवेन्द्रराज कँडेल र अर्जुन जोशीलाई खटाइएको छ । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव