बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखाको निर्वाचन सम्पन्न, सभापतिमा रिमाल

शनिबार, १२ जेठ २०८१, १७ : ५१
शनिबार, १२ जेठ २०८१

दोलखा । नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा कार्य समितिको प्रथम निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जीवन शर्मा रिमालको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

कार्यसमितिको उपसभापतिमा पम्फी भुजेल, सचिवमा यज्ञराज चौंलागाई, उपसचिवमा दुर्गाबहादुर खड्का, कोषाध्यक्षमा शिवप्रसाद रिमाल र उपकोषाध्यक्षमा गोपाल सार्की निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा डिलाकुमारी कँडेल, प्रकाश ढुंगेल, शिवप्रसाद रिमाल र उर्मिला खड्का निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखाका अधिकार सम्पन्न प्रतिनिधि रविचन्द्र आचार्य र बाबुलाल तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप