छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-३ अरिंगालेफेदीस्थित सडकमा रा.१ ख १९१६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सल्यान छत्रेश्वरी गाउँपालिका-६ बस्ने २६ वर्षीय सुकलाल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सहचालकको कान्तिपुर अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ ।
झापा, शिवसताक्षी नगरपालिका-९ मिलनचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री शिवसताक्षी नगरपालिका-९ बस्ने ६० वर्षीय पुत्रथाम राईको आइतबार राती मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-१४ आमडाँडास्थित सडकमा ग.२० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ घुम्तिंमा डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय सुनिल कुमार शाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल स्याङजा हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव