बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुनव्वर फारुकीले गरे गुपचुप बिहे

सोमबार, १४ जेठ २०८१, १३ : ४०
सोमबार, १४ जेठ २०८१

नयाँ दिल्ली । बिग बोस १७ मा सहभागी भएयता कमेडियन मुनव्वर फारुकी फ्यानमाझ निकै लोकप्रिय हुँदै आएका छन् । मुनव्वर सोसल मिडिया सेन्सेसन र चर्चित स्ट्यान्ड अप कमेडियन त थिए नै ।

‘बिग बोस १७’ जितेपछि उनको ख्याति झनै चुलियो । पछिल्लो समय हरेक दिन जसो उनीबारे केही न केही खबर आइरहेका छन् ।

हालै उनी बिरामी परेर अस्पताल भर्ना भएको खबर आएको थियो । तर पछि उनको अवस्था स्थिर रहेको थाहा भयो । यी सबैबिच उनीबारे अर्को खबर आएको छ ।

एक रिपोर्टका अनुसार मुनव्वर फारुकीले दोस्रो विवाह गरेका छन् । उनले १०–१२ दिनअघि विवाह गरेको बताइएको छ । 

नजिकका आफन्त र साथीभाइ उपस्थित समारोहमा उनको विवाह भएको बताइएको छ । मेकअप आर्टिस्ट मेहजबीन कोतवालासँग मुम्बईको आईटीसी मराठामा बिहे भएको दाबी गरिएको छ ।

मुनव्वरले आफ्नो विवाह गोप्य राख्न चाहेकोले कुनै तस्बिर सेयर नगरेको खबरहरू आइरहेको छ । उनको विवाहमा टिभी अभिनेत्री हिना खान पनि गएको बताइएको छ ।

केही समयअघि मुनव्वर र हिनाले एउटा म्युजिक भिडियोमा सँगै काम गरेका थिए । हिनाले केही दिनअघि आफ्नो एउटा सेल्फी सेयर गरेकी थिइन् ।

जसको ब्याक ग्राउन्डमा ‘मेरे यार की शादी है’ गीत बजिरहेको थियो । सो सेल्फी मुनब्बरकै बिहे भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप