मुनव्वर फारुकीले गरे गुपचुप बिहे

नयाँ दिल्ली । बिग बोस १७ मा सहभागी भएयता कमेडियन मुनव्वर फारुकी फ्यानमाझ निकै लोकप्रिय हुँदै आएका छन् । मुनव्वर सोसल मिडिया सेन्सेसन र चर्चित स्ट्यान्ड अप कमेडियन त थिए नै ।
‘बिग बोस १७’ जितेपछि उनको ख्याति झनै चुलियो । पछिल्लो समय हरेक दिन जसो उनीबारे केही न केही खबर आइरहेका छन् ।
हालै उनी बिरामी परेर अस्पताल भर्ना भएको खबर आएको थियो । तर पछि उनको अवस्था स्थिर रहेको थाहा भयो । यी सबैबिच उनीबारे अर्को खबर आएको छ ।
एक रिपोर्टका अनुसार मुनव्वर फारुकीले दोस्रो विवाह गरेका छन् । उनले १०–१२ दिनअघि विवाह गरेको बताइएको छ ।
नजिकका आफन्त र साथीभाइ उपस्थित समारोहमा उनको विवाह भएको बताइएको छ । मेकअप आर्टिस्ट मेहजबीन कोतवालासँग मुम्बईको आईटीसी मराठामा बिहे भएको दाबी गरिएको छ ।
मुनव्वरले आफ्नो विवाह गोप्य राख्न चाहेकोले कुनै तस्बिर सेयर नगरेको खबरहरू आइरहेको छ । उनको विवाहमा टिभी अभिनेत्री हिना खान पनि गएको बताइएको छ ।
केही समयअघि मुनव्वर र हिनाले एउटा म्युजिक भिडियोमा सँगै काम गरेका थिए । हिनाले केही दिनअघि आफ्नो एउटा सेल्फी सेयर गरेकी थिइन् ।
जसको ब्याक ग्राउन्डमा ‘मेरे यार की शादी है’ गीत बजिरहेको थियो । सो सेल्फी मुनब्बरकै बिहे भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा