समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो ।
सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।
तालाबन्दीअघि अध्यक्ष सुवेदीले आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारीको नाम हाल्ने काममा प्रेस सेन्टरसम्बद्ध महासंघका महासचिवको साँठगाँठ रहेको आरोप लगाए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको उनको आरोप छ । त्यससँगै पत्रकारिता पेसामै रहेका थुप्रै मधेसी, महिला, दलित, जनजातिसहित नाम पनि हठात् हटाइएको संगठनले जनाएको छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव