शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी

सोमबार, १४ जेठ २०८१, १४ : १४
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो ।

सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।

तालाबन्दीअघि अध्यक्ष सुवेदीले आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारीको नाम हाल्ने काममा प्रेस सेन्टरसम्बद्ध महासंघका महासचिवको साँठगाँठ रहेको आरोप लगाए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको उनको आरोप छ । त्यससँगै पत्रकारिता पेसामै रहेका थुप्रै मधेसी, महिला, दलित, जनजातिसहित नाम पनि हठात् हटाइएको संगठनले जनाएको छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप