बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत
मङ्गलबार, १५ जेठ २०८१, ११ : ५१
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ  । काठमाडौँ विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यता पूर्वक सम्पन्न भएको छ । भारत स्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राडा केके अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुर स्थित स्कूल अफ आर्ट्स् परिसरम सम्पन्न भएको हो ।

सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी थिए । भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वथिए । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत स्कुल अफपोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हानहङर इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) काप्रा.डा. इदाबागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखेका थिए । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्षडा. शुची यादवलगायतले पनि कार्यक्रममा सम्बोधन गरिन् ।

उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए, त्यस पछि तीन सभा कक्षमा समानान्तर तीनवटा कार्यक्रमबिच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिए । 

डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिसगरी६ विधामा कार्यपत्र प्रस्तुत गरिए । यसअघि प्लेनरी सेसनमाटु डिकेड्स अफदि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस तथा साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स गरी दुई विषयमा वृहत् विमर्श गरियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन समेत गरियो । केयूका उपकुलपति प्रा.डा. भोला थापाले अध्यक्षता गरेको उद्घाटन सत्रमा स्कूल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राखिन् । समापन सत्रको अध्यक्षता गर्दै केयूका रेक्टर प्रा.डा. अच्युतप्रसाद वाग्लेले मन्तव्य राखे । डा. चन्द्रभानु पट्टनायक, प्रा. त्रिशु शर्मा, डा. भानुभक्त आचार्य, डा. श्रद्धा पुरोहित, प्रा.प्रबलराज पोखरेल र डा. आदित्य शुक्लाले समानान्तर सत्रको अध्यक्षता गरे । कार्यक्रममा डा. हेमराज काफ्ले, डा. काशिराज पाण्डेय, डा. दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरुको सहजीकरण गरेका थिए ।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो । उक्त सञ्चार ढाँचा हालविश्वका अनेकौँ विश्वविद्यालयहरूले पाठ्यक्रममा समावेश गरी पठनपाठन भराइरहेका छन् । यो सञ्चार ढाँचाबारे स्नातकोत्तर तथा पीएचडी तहका शोधार्थीहरूले समेत अनुसन्धान गरिरहेका छन् ।

karyap

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति र त्यस मातहत १० वटा उपसमितिहरू गठन गरिएका थिए । कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायतका प्रस्तोताले साधारणीकरण–सञ्चार ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौँ पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय सङ्गोष्ठी भौतिक उपस्थिति र भर्चुअल प्रविधि मिश्रित ‘हाइब्रिड मोड’ मा सम्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप