बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गणतन्त्र दिवसमा कास्कीका एसपी मोहन कुमार थापा पुरस्कृत

मङ्गलबार, १५ जेठ २०८१, १४ : २८
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन कुमार थापालाई पुरस्कृत गरेको छ । मङ्गलबार पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार बापत गण्डकी प्रदेश सरकारले एसपी थापालाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकाले उनलाई शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । सो पुरस्कार गणतन्त्र दिवस–२०८१ को अवसरमा प्रदान गरिएको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप