बालकविता : बाबा
बुधबार, १६ जेठ २०८१, १० : ४१

फाटेको लुगा लगाउने मेरो बाबा ।
तर, नयाँ नाना किनिदिने मेरै बाबा ।।
पहिलो शिक्षक मेरो बाबा ।
ज्ञान दिने पनि मेरै बाबा ।।
बाबाले मलाई निडर बनाउनु भो ।
बाबाले नै मलाई असल बनाउनु भो ।।
कोखाइ–कोखाइ भनी खाना खुवाउनु भो ।
ताते–ताते भनी हिँड्न सिकाउनु भो ।।
मेरै लागि पसिना बगाउनु भो ।
मेरै खुसीका लागि घर सजाउनु भो ।।
मेरा पीडा आफ्नै मान्नु भो ।
चोटपटक लाग्दा मायाले सुमसुम्याउनु भो ।।
मेरो हार हुँदा नरोऊ भनी फकाउनु भो ।
मलाई सधैँ स्वस्थ खाना खुवाउनु भो ।।
केही गल्ती हुँदा राम्रोसँग सम्झाउनु भो ।
मेरा सामान हराउँदा खोजिदिनु भो ।।
मेरा दुःख जति पर सारिदिनु भो ।
मेरै लागि सधैँ हारिदिनु भो ।।
बाबा भए म तर्न सक्छु ठूलै जंघार
बाबा तिमी नै मेरो प्यारो संसार ।।
०००
लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुर
कक्षा ५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित