बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

काभ्रेस्थलीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु

बिहीबार, १७ जेठ २०८१, १७ : १२
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना भएको छ । बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा काभ्रेस्थली घर भएकी २७ वर्षीय रमिला तोलाङ्गी छिन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । गाडी चालक सिन्धुली घर भएका २६ वर्षीय सुशील दमाई ‘रोशन’सहित पाँच जना घाइते भएका एसपी अधिकारीले जानकारी दिए ।

घाइते हुनेमा सुशील दमाई, सहचालक सिन्धुली घर भएका २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र धादिङ घर भएकी १८ वर्षीय पविता तोलाङ्गी छन् । उनीहरूको जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप