बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हावाहुरीका कारण उडान प्रभावित

बिहीबार, १७ जेठ २०८१, १९ : ३१
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । बिहीबार साँझ आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ । विभिन्न आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भएको बताए । 

यसैबिच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हावाहुरीका कारण झापा हिँडेको आफू समस्यामा परेको बताए । 

‘के हुन लाग्यो ? झापा उडेको झापा अवतरण हुन सकेन । काठमाडौँ फर्केको काठमाडौँमा पनि अवतरण गर्न मिलेन अब जनकपुर रे’, उनले फेसबुकमा लेखेका छन् । 

हावाहुरीका कारण हवाई उडान बेलाबेला प्रभावित हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप