जापानले लन्च गर्यो स्वाद बढाउने चम्चा

टोकियो । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यवसायिक रुपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो ।
कम्पनीको अनुसन्धाताहरूले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गथ्र्यो । त्यतिबेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुबै बनाउन काम गरिरहेका थिए ।
यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो । तर अहिले व्यवसायिक विक्रीका लागि कम्पनीले चम्चा मात्रै ल्याउन सकेको छ । यो चम्चाको नाम इलेक्स्पून दिइएको छ । यो चम्चाको सहायताले खानाबाट नुनको मात्रा कम गराएर प्रयोगकर्ताहरूलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ । अत्यधिक नुन खपत जापानमा धेरैको समस्या हो । त्यहाँका मानिसहरू कम नुन भएको खाना रुचाउँदैनन् । चाहिने भन्दा बढी नुन सेवनका कारण निम्तन सक्ने गम्भीर स्वास्थ्य समस्याहरू कम गर्न कम्पनीले यो चम्चा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
-
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार