२६ घण्टासम्म चल्याे विश्वको सबैभन्दा लामो फुटबल म्याच, ८२५ गोलको वर्षा

मस्को । हालै रुसको मस्को बाहिर क्षेत्रमा रहेको लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्सस्थित फुटबल ग्राउन्डमा विश्वको सबैभन्दा लामो फुटबल खेल भयो । यो खेल २६ घण्टासम्म चलेको थियो ।
गएको शनिवार ‘अल रसियन फुटबल डे’ को उत्सव मनाउन ७ खेलाडीसहितका २ टोली अहिलेसम्मकै सबैभन्दा लामो खेलको रेकर्ड तोड्न लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्समा भेला भए ।
खेल शनिवार मध्याह्न सुरु भएर २६ घण्टापछि आइतबार दिउँसो २ बजे सकिएको थियो । यसअघि सबैभन्दा लामो फुटबल म्याचको रेकर्ड सन् २०१४ मा बनेको थियो ।
त्यतिबेला दुई ओटा टोलीले लगातार २४ घण्टासम्म खेलेका थिए । यस पटकको खेलमा कूल ८ सय २५ गोल भएका थिए । खेलमा रेड टिमले ४१६ गोल गर्दा हवाइट टिमले ४०९ गोल गर्यो ।
खेल ७ विरुद्ध ७ को ढाँचामा खेलिएकोले यसलाई औपचारिक रूपमा फुटबल खेल मानिएन । यो रेकर्ड गिनिज रेकर्डमा पनि लेखिने छैन ।
तर रसियन बुक अफ रेकर्डमा भने यो खेलले आफ्नो रेकर्ड बनाएको छ । २६ घण्टाको अवधिमा खेलाडीहरूले लगातार २ घण्टासम्म खेलेर त्यसपछि ८ मिनेटसम्म ट्वाइलेट जानका लागि ब्रेक लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी