पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

लिस्बन । बेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको दोस्रो कृति ‘प्रवासीको देश हुन्न’ कथासंग्रह सार्वजनिक भएको छ। शिखा बुक्सले प्रकाशन गरेको अधिकारीको उक्त कृति हालै सार्वजनिक भएको हो ।
कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूको सँगालो रहेको छ। युरोपको सेरोफेरोमा रहेर लेखिएको यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ।
पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरित अधिकारीका कथाहरू अतियथार्थवाद र यदाकदा जादुई यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ । पुस्तकको प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल अद्वैतमार्ग, काठमाडौँ रहेको छ। पुस्तकको मूल्य नेपालमा ४२५ रुपैयाँ र विदेशमा सात युरो वा डलर राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त
-
गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?
-
पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
-
युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै