बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्याजको पात हालेर कफी बनाएपछि...

सोमबार, २८ जेठ २०८१, १३ : २४
सोमबार, २८ जेठ २०८१

बेइजिङ । प्याजको हरियो पात तरकारी अनि अचारमा त निकै सुहाउँछ । तर कफी अनि प्याजको हरियो पताको तालमेल कस्तो होला ? एक पटक सोच्नुस् त ।

हालैका दिनमा चीनमा प्याजको पात हालेर तयार पारिएको लाट्टे भाइरल भइरहेको छ । टिकटक वा इन्ष्टाग्राममा ह्याशट्याग स्प्रिङ्गअनियनलाट्टे भनेर खोज्ने हो भने लाट्टेको कपभरि प्याजको पत्तासहितका दर्जनौँ भिडियो र फोटोहरू देख्न पाइनेछ । प्याजको केही त्यान्द्रा हरियो पातलाई कुटकाट गरेर कपमा हालेर त्यसमाथि बरफ, दूध र कफी मिलाएर माथिबाट फेरि मसिनो गरेर काटिएको पातकै टपिङ गरिएको छ ।

यो कफी कहिले, कहाँ र कसरी बनायो भनेर कसैलाई थाहा छैन । तर पछिल्लो समय चिनियाँ सामाजिक सञ्जालहरूमा ‘डार्क कुजिन’ भन्दै यस्तै यस्तै खालका विचित्रका ‘कम्बिनेशन’ भएका खानेकुराहरू आइरहेका छन् । केही समय अघि खुर्सानी हालेर बनाइएको हट आइस लाट्टे पनि चीनमा भाइरल बनेको थियो ।

स्प्रिङ अनिअन लाट्टेप्रति सामाजिक सञ्जालहरूमा मिश्रित प्रतिक्रिया आइरहेको छ । कुनै दिन प्याज नहालेको कफी देऊ भनेर माग्नु पर्ला भनेर आफूहरूले कहिले नसोचेको केहीले बताएका छन् । 

केही भने नयाँ खालको लाट्टे कस्तो होला भनेर रुचि देखाएपनि त्यसलाई खाएपछि आफ्नो सास गन्हाउँछ भनेर चिन्तित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप