सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार
सोमबार, २८ जेठ २०८१, १७ : ५५

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए । तर उनले मन्त्री पद अस्वीकार गरेका छन् ।
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको रातोपाटीलाई प्रतिक्रिया दिए ।
मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला