बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मङ्गलबार, २९ जेठ २०८१, १२ : ३४
मङ्गलबार, २९ जेठ २०८१

पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले पक्राउ गरेको छ । 

पचभैयाले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गररेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप