बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सेवाग्राहीको काम नभएकाेबारे सरकारी कार्यालयले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छ:  सांसद पौडेल

मङ्गलबार, २९ जेठ २०८१, १२ : ४४
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले महिला, गरिब नागरिकहरूलाई सरकारी कार्यालयहरूले हेप्ने गरेको उल्लेख गर्दै उनीहरूलाई सेवा दिन नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए । पहुँच पुगेका मानिसहरूको काम हुने, अरूको काम नहुने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको भन्दै सांसद पौडेलले त्यस्तो अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताए । 

उनले भ्रष्टाचारको न्यूनीकरण र सेवाग्राहीको सेवालाई सहज र सुलभ बनाउन पनि सरकारले सो व्यवस्थालाई अनिवार्य रूपमा लागू गराउन आवश्यक रहेको तर्क समेत गरे । 

सांसद पौडेलले सरकारको कामलाई प्रभावकारी बनाउन पनि सरकारी कार्यालयहरूलाई सेवाग्राहीप्रति जवाफदेही बनाउन आवश्यक रहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप