बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ, ३०० जनाभन्दा बढी ठगिए

मङ्गलबार, २९ जेठ २०८१, १२ : ४७
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् । 

पक्राउ परेकाहरुले विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ । उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप