पिताको अनुमति बिना बिहे गर्दै छिन् सोनाक्षी

नयाँ दिल्ली । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्न लागेको खबरले अहिले चर्चा पाइरहेको छ । हालै केही सञ्चार माध्यमहरूले यही महिना प्रेमी जहीर इकबालसँग अभिनेत्री विवाह बन्धनमा बाँधिँदै छिन् भन्दै खबर छापेका थिए । यी समाचारमा उनका पिता तथा दिग्गज अभिनेता शत्रुघ्न सिन्हाको प्रतिक्रिया आएको छ ।
जुमलाई दिएको एक अन्तरवार्तामा उनले छोरीको बिहेबारे आफूलाई केही थाहा नभएको अनि जे जति मिडियामा पढेको हो त्यति मात्रै थाहा भएको बताएका छन् । छोरीले बिहेबारे बताइन् भने आफूले अवश्य आशीर्वाद दिने उनले बताए ।
‘म अहिले दिल्लीमा छु । निर्वाचनको नतिजापछि भर्खरै यहाँ आएको हुँ । छोरीको बिहेको योजनाबारे कसैसँग मेरो कुरा भएको छैन ।’ अभिनेताले भनेका छन् । बालिग भएकोले छोरीलाई आफ्नो निर्णय आफै लिने अधिकार भएको र आफूलाई छोरीको निर्णयमा पूरा भरोसा रहेको उनको भनाइ छ । छोरीले बिहे गरिन् भने आफू जन्तीमा सबैभन्दा अगाडि नाचिरहेको देखिने पनि अभिनेताले बताएका छन् ।
‘म यति मात्रै भन्न सक्छु आजभोलिका बच्चाहरूले बाउ आमासँग सहमति लिँदैनन्, केबल जानकारी गराउँछन् । हामी पनि जानकारी पर्खिरहेका छौँ ।’ शत्रुघ्न सिन्हाले भनेका छन् । बिहेको खबर इन्डिया टुडेको एक रिपोर्टपछि सुरु भएको थियो । यसमा सोनाक्षी सिन्हाले २३ जुनमा मुम्बईमा जाहिर इकबालसँग विवाह गर्ने बताइएको थियो । विवाहमा परिवार, विशेष साथी र हिरामण्डीका कलाकारहरू सहभागी हुन सक्ने समाचारमा भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु