बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अदालत

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला

मङ्गलबार, २९ जेठ २०८१, १४ : ४३
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो ।  जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।  

जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।

जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । 

उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप