बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टर्बुलेन्सका घाइतेहरूलाई सिङ्गापुर एयरलाइन्सले क्षतिपूर्ति दिने

मङ्गलबार, २९ जेठ २०८१, १५ : २५
मङ्गलबार, २९ जेठ २०८१

सिंगापुर । गएको महिना लन्डनबाट सिंगापुर आइरहेको सिंगापुर एयरलाइन्सको एसक्यू३२१ विमान आँधीसँग ठोक्कियो । यस क्रममा विमानभित्र टर्बुलेन्स उत्पन्न भयो । 

करिब ४.६ सेकेन्डको अवधिमा विमान केहीमाथि गएर १७८ फिट तल ह्वात्तै झर्‍यो । यस घटनामा घाइते भएका यात्रीहरूलाई सिंगापुर एयरलाइन्सले क्षतिपूर्ति दिने भएको छ ।

एक फेसबुक पोष्टमा कम्पनीले सामान्य घाउचोट लागेका यात्रीलाई १० हजार अमेरिकी डलर (१३ लाख ३९ हजार नेपाली रुपैयाँ) दिने बताएको छ । गम्भीर चोट पटक लागेका यात्रीका तत्कालीन आवश्यकतालाई विचार गरेर २५ हजार अमेरिकी डलर (३३ लाख ४८ हजार नेपाली रुपैयाँ) दिइने छ । स्थितिअनुसार अरू भुक्तानीको लागि थप छलफल हुने बताइएको छ । सो घटनाको समयमा विमानमा २११ जना यात्री र १८ जना क्रु मेम्बर थिए । सिट बेल्ट नलगाएका यात्रीहरू क्याबिनको छतमा ठोक्किएका थिए ।

घटना हुँदा विमान म्यानमारको आकाशमाथि थियो । घटना लगत्तै विमानलाई थाइल्यान्डमा अवतरण गरियो । यस क्रममा ७३ वर्षीय बेलायती नागरिकको मृत्यु भएको थियो । सो घटनामा करिब ३० जना घाइते भएका थिए । २० जनाको मेरुदन्डको हाड फुटेको थियो । कम्पनीले घाउ चोट नलागेका यात्रीहरूसमेत सबैको पूरै भाडाको पैसा फिर्ता गर्ने बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप