बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा माओवादीले गर्‍यो जिल्ला संयोजक र इन्चार्जको जिम्मेवारी हेरफेर

मङ्गलबार, २९ जेठ २०८१, १५ : ४७
मङ्गलबार, २९ जेठ २०८१

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले जिल्ला संयोजक र इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जिल्लाका संयोजक र इन्चार्ज परिवर्तन गरिएको जानकारी दिए ।  

उनका अनुसार नवलपरासी जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु तिवारीलाई तोकिएको छ । यहाँ यसअघि घनश्याम यादव इन्चार्ज रहेका थिए । यस्तै रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी वामदेव क्षेत्रीलाई तोकिएको छ । कपिलवस्तु इन्चार्ज रुद्र बन्जाडेलाई बनाएको छ । कपिलवस्तुमा यसअघि कमल चुदाँली इन्चार्ज रहेका थिए । 

यस्तै पाल्पाको इन्चार्ज नेत्र पाण्डेयलाई बनाएको छ भने गुल्मी इन्चार्जमा सृजना तराजु र संयोजक तेजेन्द्र समाली भएका छन् । यसअघि यहाँ इन्चार्ज वीर बहादुर कार्की र संयोजक युवराज केसी थिए । 

अर्घाखाँचीको इन्चार्ज ठाकुर विकलाई तोकिएको छ भने संयोजक राजेन्द्र भुसाललाई तोकिएको छ ।  दाङ संयोजकको जिम्मेवारी हरिराम पुनलाई दिएको छ । यहाँ यसअघि तुलसीराम पुन संयोजक थिए । प्युठानमा ज्ञान बहादुर केसीलाई संयोजक र नारायण सिंह अधिकारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।   

यस्तै रोल्पामा पूर्ण बहादुर केसीको ठाउँमा रेसम पुनलाई संयोजक बनाएको छ । बाँके इन्चार्जको जिम्मेवारी पूर्ण कुमार सुवेदीलाई दिएको छ ।रुकुम र बर्दिया पुरानालाई यथावत् राखिएको प्रदेश अध्यक्ष बरालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप