बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तलाउमा डुबेको अवस्थामा लास भेटियो भन्दै स्थानीयले प्रहरीलाई गरे खबर, प्रहरी पुग्दा खुल्यो यस्तो रहस्य

मङ्गलबार, २९ जेठ २०८१, १५ : ५५
मङ्गलबार, २९ जेठ २०८१

नयाँ दिल्ली । भारतको तेलंगाना राज्यको हनुमाकोंडा जिल्लामा एउटा अनौठो घटना भएको छ ।

रेड्डीपुरम प्रहरीलाई स्थानीयले तलाउमा पाँच घण्टादेखि एउटा लास डुबेको अवस्थामा देखिएको भन्दै खबर गरे । घटनास्थलमा प्रहरी पुग्दा वास्तविकता भने निकै बेग्लै पाइएको हो ।

तलाउ किनारमा टाउको अड्याएर शरीर पानीमा डुबाएको अवस्थामा एक व्यक्ति हलचलविना सुतिरहेका थिए । प्रहरीले हात समात्नासाथ ती व्यक्ति उठे ।

नेल्लोर जिल्लाको कावली निवासी ती व्यक्तिको पहिचान भने खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार उनी प्रचण्ड गर्मी छल्नका लागि बिहानैदेखि तलाउमा शरीरलाई डुबाएर सुतेका थिए ।

विगत १० दिनदेखि दैनिक १२ घण्टाका दरले ग्रेनाइटको खानीमा लगातार काम गरेको बताउने उनले शरीरलाई ठण्डा गराउन आफू यसरी तलाउमा आएर आराम गरेको बयान प्रहरीलाई दिएका छन् ।

लामो समय हलचल नगरी सुतेका कारण स्थानीयवासीले भने कोही डुबेर मरेको होला भनेर प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति मंगलबार बिहान स्थानीय समयानुसार ७ बजे तलाउमा पसेका थिए । मध्याह्न १२ बजेसम्म पनि उनी तलाउबाट ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप