बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच, स्टिकर समेत दिने (तस्बिरहरू)
फोटोफिचर

ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच, स्टिकर समेत दिने (तस्बिरहरू)

मङ्गलबार, २९ जेठ २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच अबदेखि ललितपुर महानगरले सडकमै प्रदूषण जाँच सुरु गरेको हो ।

pollution check (2)

सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ । ‘अन्य क्षेत्रमा भइरहेको प्रदूषण रोक्नको लागि हामीले धेरै काम गरिरहेका छौँ । अब सडकमा गुड्ने गाडीको पनि हामी प्रदूषण जाँच सुरु गर्दैछौ । यो कार्य संघीय, प्रदेश र स्थानीय सरकारले पनि गर्न पाउने भएकाले ललितपुर महानगरले पहिलो पटक सुरु गरेको हो । यसलाई हामी निरन्तरता दिन्छौँ र सवारी प्रदूषण जाँचको लागि आवश्यक पर्ने मेसिन हामी आफैँ पनि छिट्टै किन्ने छौँ,’ ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले रातोपाटीलाई भने ।

pollution check (3)

मंगलबारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सवारी जाँच सुरु गरेको हो । महानगरले सवारी प्रदूषण मापन यन्त्र किने पछि पनि यातायात व्यवस्था कार्यालयका प्रतिनिधिको उपस्थितिमा यो काम अघि बढ्ने हाछेथुले बताए ।

pollution check (11)

‘सवारी प्रदूषण जाँचको हरियो स्टिकर भएका र हालै परीक्षण गरिएका सवारीलाई हामी पुनः जाँच गर्दैनौ । यदि कुनै सवारी प्रदूषण जाँचमा पास हुन सकेन भने हामी एक हप्ता भित्र मर्मत गर्ने मौका दिन्छौँ । ती सवारीले प्रदूषण पालना भए-नभएको निगरानी भने यातायात व्यवस्था कार्यालयले गर्नेछ,’ हाछेथुले भने ।

pollution check (1)pollution check (4)pollution check (5)pollution check (6)pollution check (7)pollution check (8)pollution check (9)pollution check (10)pollution check (12)pollution check (13)pollution check (14)pollution check (15)pollution check (16)pollution check (17)pollution check (18)pollution check (19)pollution check (20)pollution check (21)pollution check (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया