सहकारी ठगी प्रकरण
रविको बचाउमा आज पनि प्रदर्शन, तस्बिरहरु
मङ्गलबार, ०६ कात्तिक २०८१, १४ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरिएको छ । रास्वपाले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा चौथो दिन पनि प्रदर्शन गरेको हो ।
रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको जीरो किलोमिटरदेखि अमरसिंह चोकसम्म प्रदर्शन गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको लामिछानेलाई सोही राति पोखरा पुर्याइएको थियो ।
लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद पनि थपेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रित भएका छन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण