बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आयातित महमा रोक लगाऔँ, नेपाली महको मूल्य निर्धारण गरौँ : सांसद शर्मा

मङ्गलबार, २९ जेठ २०८१, १७ : १४
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले आयातित महमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्ने बताएकी छन् । उनले आयातित महका कारण नेपाली महले मूल्य नपाएको भन्दै सरकारले मूल्य निर्धारण गर्नुपर्ने बताएकी छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले अहिले पनि देशभर २५ सय मेट्रिकटन र दाङ जिल्लामा मात्र सय मेट्रिक टन मह मूल्य नपाउँदा किसानले घरमै राख्न बाध्य भएको बताइन् । 

उनले नेपाली महको उत्पादित मूल्य प्रतिकेजी ४२५ रुपैयाँ पर्न आउने तर विदेशी सिरफ त्यो भन्दा सस्तोमा बजारमा पाइने भएकाले त्यस्तो मह आयातमा रोक लगाउनुपर्ने बताइन् । 

‘जसका कारण नेपाली मह बजारविहीन बनेको छ । हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा मौरीपालन र मह उत्पादन गरेर जनतालाई आर्थिक रूपमा सबल बनाउन सकिन्छ’, शर्माले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भनिन्, ‘सिरफ महको ल्यावटेस्ट गरी आयातमा रोक लगाउनुपर्छ । राज्यले व्यवस्थित अनुगमन गरी नेपाली किसानले उत्पादन गरेको महलाई सरकारले मूल्य समेत निर्धारण गरिदिनुपर्छ जसका कारण किसान आत्मनिर्भर हुने र नेपालको अर्थतन्त्र समेत बलियो बन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप