बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुरबाट चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

एकजना कारागारमा भेटिए
मङ्गलबार, २९ जेठ २०८१, १८ : २२
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । ललितपुरबाट प्रहरीले चोरीमा संलग्न आरोपमा चार जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न आरोप लागेका एकजना चाहिँ कारागारमा भेटिएका छन् ।

पक्राउ पर्नेमा भोजपुर घर भएका सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड घर भएका ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोट घर भएका कुमार राना मगर र दोलखा घर भएका वीर बहादुर श्रेष्ठ छन् । उनीहरूले  ललितपुर महानगरपालिका वडा नम्बर–१८ स्थित सिर्जना वैद्यको घरमा चोरी गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

जेठ २ मा भएको सो चोरीमा संलग्न आरोपी दोलखा घर भएका सुनिल श्रेष्ठ कारागारमा भेटिएका छन् । पक्राउ परेका सिताराम लकान्द्रले चोरेको सुनका गहना किनेका हुन् । उनिहरुको साथबाट प्रहरीले ६ तोला भन्दा बढी सुन बरामद गरेको छ ।

आरोपीमध्येका वीर बहादुर श्रेष्ठ ‘कुमार’ यसअघि चोरी मुद्दामा १५ पटक, अभद्र व्यवहारमा ४ पटक र लागु औषध मुद्दामा १ पटक थुनामा परेको अपराध रेकर्ड भेटिएको छ । कुमार राना मगर विरुद्ध प्रहरीले यसअघि ६ पटक चोरी मुद्दामा अनुसन्धान गरेको थियो । सुजन कुमार सुनुवार यसअघि ७ पटक चोरी र एकपटक लागु औषध मुद्दामा पक्राउ परेका थिए ।

कारागारमा भेटिएका सुलिन कुमार श्रेष्ठले यसअघि ८ वटा चोरी, दुईवटा डाँकाचोरी, एक पटक लागु औषध र ३ पटक अभद्र व्यवहारको मुद्दा खेपिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप