बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रामेछाप कांग्रेसको दुई समूहबिच झगडा, एकजना पक्राउ

मङ्गलबार, २९ जेठ २०८१, १८ : ४८
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेपाल कांग्रेस रामेछापको दुईवटा समूहको बिचमा भएको झगडाको विषयमा अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका घर भएका बिर बहादुर तामाङ छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

जेठ ५ मा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र बिर बहादुर तामाङ समूहबिच झडप भएको थियो । झडपसँगै अधिवेशन हुन सकेन ।

त्यसपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराए । जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप