बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तनहुँको व्यासमा मतगणना पुनः स्थगित

शुक्रबार, ३२ जेठ २०८१, १७ : २३
शुक्रबार, ३२ जेठ २०८१

पोखरा । तनहुँको व्यास नगरपालिकाको नगर प्रमुखमा पुनः मतगणना तत्कालका लागि स्थगित भएको छ । मेयर वैकुण्ठनाथ न्यौपानेले दिएको निवेदनअनुसार २ गते हुने भनिएको गणना तत्कालका लागि रोकिएको उच्च अदालत पोखराले जनाएको छ । 

उच्चले जेठ १ गते फैसला गर्दै असार २ गते १० बजेदेखि गणना गर्न आदेश दिएको थियो । उक्त फैसला विरुद्ध न्यौपाने सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले २ गतेका लागि नै पेसी तोकेपछि उनी उच्चमा फर्किएका हुन् । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकोले तत्कालका लागि गणना स्थगित भएको सहरजिस्ट्रार विश्व पौडेलले जानकारी दिए । सर्वोच्चमा लगातार तीन दिनसम्म मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप