बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने

शुक्रबार, ३२ जेठ २०८१, २१ : २८
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१– ८२ को  नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन् ।

कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए । त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने,  खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ ।

मातहतका सार्वजनिक जग्गा अतिक्रमण  गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप