बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

स्वीफ्टको लन्डन एराज टूरले बीओईको ब्याजदर कटौतीमा ढिलाइ गर्ला ?

आइतबार, ०२ असार २०८१, १० : ५६
आइतबार, ०२ असार २०८१

लन्डन । अमेरिकी गायिका टेलर स्वीफ्टको एराज टूरले आर्थिक गतिविधि बढाउने गरेको छ । स्वीफ्टको कन्सर्ट हुने सहरमा आर्थिक गतिविधिमा व्यापक बढोत्तरी देखिन्छ । होटेलमा कोठाको भाडा मात्रै होइन सेवा क्षेत्रको अन्य गतिविधिमा बढ्छ । गायिकाको आगामी टुर बेलायतमा हुँदै छ । बेलायत मुद्रास्फीति विरुद्धको लडाइँबाट बाहिर आइसकेको छैन ।

अगस्टमा लन्डनमा हुन लागेको स्विफ्टको कन्सर्टमा उनका फ्यानहरूको ओइरो लाग्ने निश्चित छ । स्वीफ्टको यस कन्सर्टका कारण बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ बीओई)ले ब्याजदर कटौतीमा ढिलाइ गर्ने आशा गरिएको छ । 

स्वीफ्टको कन्सर्टले आर्थिक गतिविधि सेप्टेम्बरको ब्याजदर कटौतीलाई पछाडि धकेल्न पर्याप्त हुने गरी बढाउने विश्लेषण गरिएको छ । अगस्टमा भने बीओईले ब्याजदर घटाउने आशा आफूहरूले गरेको लगानी बैंक टीडी सेक्युरिटिजका रणनीतिज्ञले जेम्स रोसिटरले एक नोटमा भनेका छन् ।

बेलायतमा ब्याजदर ५ दशमलव २५ प्रतिशत छ । यो भनेको १६ वर्षयताकै उच्च हो । तर अगस्टदेखि बैंकले धमाधम ब्याजदर घटाउन थाल्ने आशा गरिएको छ । अगस्टमा हुने स्वीफ्टको टुर र मुद्रास्फीतिको तथ्याङ्क हेरेर बैंकले सेप्टेम्बरमा ब्याजदर कटौतीबारे पुनःविचार गर्न सक्ने विश्लेषकहरूले बताइरहेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप