जापानमा ‘मासु खाने ब्याक्टेरिया’को प्रकोप
टोकियो । जापानमा दुर्लभ ब्याक्टेरियाको संक्रमण फैलिरहेको छ । देशभरमा करिब एक हजार जनामा यो दुर्लभ ब्याक्टेरियाको संक्रमण देखिएको छ ।
स्ट्रेप्टोकोकस ब्याक्टेरियाका कारण लाग्ने यस रोगलाई स्ट्रोप्टोकोकलल टक्सिस शक सिन्ड्रोन (एसटीएसएस) भनिएको छ । यो ब्याक्टेरियालाई ‘मासु खाने ब्याक्टेरिया’ नाम दिइएको छ । यो ब्याक्टेरिया शरीरमा छिरेको ४८ घण्टामै मानिसको ज्यान लिन्छ । यसले सीधै मासु खाने चाँहि होइन । मानव तन्तुलाई मार्ने भएकोले यसलाई मासु–खाने ब्याक्टेरिया भनिएको हो ।
जापानको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजका अनुसार जुन २ सम्ममा देशभरमा एसटीएसएसका ९७७ जना बिरामी भेटिएका छन् । गएको वर्षभरि देशभरमा यस रोगका ९४१ जना बिरामी भेटिएका थिए । ‘अधिकांश मृत्यु ४८ घण्टाभित्रै भइरहेको छ,’ टोकियो वूमन्स मेडिकल युनिभर्सिटीमा संक्रामक रोग प्राध्यापक केन किकुचीले भनेका छन् । शुरुआती लक्षण देखिएको ४८ घण्टाभित्रै बिरामी मरिरहेको उनले बताएका छन् ।
के हो एसटीएसएस ?
स्ट्रेप्टोकोकस ब्याक्टेरिया दुई प्रकार छन् – ग्रुप–ए र ग्रुप–बी । ग्रुप ए स्ट्रेप्टोकोकसमा एक भन्दा धेरै अंग फेलियर हुन्छन् । तत्कालै उपचार गरिएन भने यो रोगका कारण ज्यानै जान सक्छ । शुरुमा यो भ्यारिएन्टको संक्रमण भएकाहरूलाई चिसो, खोकी, ज्वरो वा घाँटी दुख्ने जस्ता समस्या देखिन्छ । रोगले गाँज्दै र्गपछि रक्तचाप घट्ने, मुटुको धड्कन बढ्ने वा अंग फेल हुने समस्या देखिन्छ । ग्रुप–बी स्ट्रेप्टोकोकस भने हानिकारक छैन । यो आन्द्रा लगायत ठाउँमा पाइन्छ ।
रोकथामका उपाय:
खुला घाउ भएका मानिसहरू एसटीएसएसको उच्च जोखिममा रहेको बताइएको छ । ब्याक्टेरियाले घाउमा एक प्रकारको विष छाड्छ र यसले मांसपेशी, रक्तनली र स्नायुलाई नष्ट गर्न थाल्छ । यो विष यति खतरनाक छ कि घाउ वा संक्रमित क्षेत्र सड्न थाल्छ । त्यसैले यो रोग लाग्न नदिन सरसफाइमा ध्यान दिने, संक्रमण देखिने बित्तिकै तत्कालै उपचार गराइहाल्ने, घाउ वा छालामा कुनै संक्रमण भए सोको विशेष ख्याल गर्नेजस्ता उपायहरू अपनाउन भनिएको छ ।
एसटीएसएस भएका आधाभन्दा बढी बिरामीमा यसको ब्याक्टेरिया शरीरभित्र कसरी छिर्यो भन्ने कुरा विज्ञहरूलाई पनि थाहा छैन । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ को अन्त्यतिर कम्तीमा पाँच यूरोपेली देशमा ग्रुप–ए स्ट्रेप्टोकोकसको संक्रमण देखिएको थियो । कोभिडसम्बन्धी प्रतिबन्धहरू हटाउने बित्तिकै यसका बिरामीहरू बढेको देखिएको डब्ल्यूएचओले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण